newskoseli.Com

‘बुद्ध भारतमा जन्मिएको’ प्रचार गर्दैछन् यी कपिलवस्तुकै सांसद !

प्राचीन बुद्धनगरी कपिलवस्तुबाटै निर्वाचित सांसद अभिषेकप्रताप साह ‘गौतम बुद्ध भारतमा जन्मिएको’ प्रचार अभियानमा सहभागी भएका छन् ।

उनी कांग्रेसको तर्फबाट कपिलवस्तु– ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । भारतले सीमावर्ती सिद्धार्थनगरमा मंगलबार गरेको बुद्ध सर्किट राष्ट्रिय रोडको शिलान्यास कार्यक्रममा सांसद साह ‘विशिष्ट अतिथि’ का रुपमा उपस्थित भए । कार्यक्रममा ‘बुद्ध सिद्धार्थनगरमा जन्मिएको’ दाबीसहित प्रचार गरिएको थियो ।

उत्तर प्रदेश सरकारले ‘बुद्ध भारतमा जन्मेको’ भन्दै आक्रामक प्रचार गरिरहँदा नेपालकै सांसद उपस्थित भएर समर्थन जनाइदिएपछि गलत सन्देश गएको छ । कार्यक्रममा मुख्यमन्त्री योगी आदित्यानाथ प्रमुख अतिथि र भाजपा केन्द्रीय सांसद गदम्बिका पाल तथा सांसद साह विशिष्ट अतिथि थिए ।

आफू कार्यक्रममा सहभागी भएको तस्बिर शाहले सामाजिक सञ्जालमा पोस्ट गरेको खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर