धनुषाको औरही– २, परवाहाकी १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ ।
शुक्रबार साँझदेखि हराएकी उनको शव शनिबार अपराह्न गाउँ नजिकैको धानखेतमा भेटिएको छ ।
घर नजिकै लागेको दुर्गापूजा हेर्न गएकी उनलाई चिनजानकै दुई युवकले फकाएर एकान्तमा लगी बलात्कारपछि हत्या गरेका हुन् । घटनामा संलग्न स्थानीय विनोद मुखिया विन र नथुनी पण्डित कुमहारलाई धनुषा प्रहरीले शनिबारै पक्राउ गरेको छ ।
एसपी गोविन्द थपलियाका अनुसार खाजा खुवाउने प्रलोभनमा बालिकालाई एकान्त ठाउँमा लगेर बलात्कार र हत्या गरेको उनीहरूले बताएको खबर आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।