बढ्दो कर्जा मागको तुलनामा बैंकले पर्याप्त निक्षेप संकलन गर्न नसक्दा लगानीयोग्य पुँजीको अभाव हुन थालेको छ ।
यसको प्रत्यक्ष असरस्वरुप बैंकको कर्जा, निक्षेप तथा पुँजी अनुपात (सीडीसी) मा दबाब देखिएको छ । ‘मंगलबारसम्म १० भन्दा बढी बैंकको सीडीसी अनुपात ८० प्रतिशतभन्दा बढी छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने– ‘यद्यपि वाणिज्य बैंकहरूको औसत सीडीसी निर्देशित सीमाभित्रै छ ।’
असोजको अन्तिम साता दसैंबीचमा पनि निक्षेप र रेमिट्यान्स आप्रवाह बढेकाले अबका केही दिन तरलता सहज हुने ती अधिकारीले बताएको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।