newskoseli.Com

नेकपाको चियापान : वैद्य, विप्लवदेखि सीके राउतसम्मलाई निम्तो, ज्ञानेन्द्रलाई छैन !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबार आयोजना गर्न लागेको चियापान कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द ‘विप्लव’ देखि राष्ट्र विखण्डनकारी सीके राउतसम्मलाई निम्तो दिइएको छ ।

पार्टी एकतापछि पहिलो पटक दसैं, दीपावली, नेपाल सम्बत्, छठलगायतका पर्वको अवसरमा आयोजना गर्न लागिएको शुभकामना आदान–प्रदान एवं चियापान कार्यक्रममा ५० हजारभन्दा बढीलाई निम्तो गरिएको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ देखि मधेसमा छुट्टै देश निर्माणको ‘आन्दोलन’ गरिरहेका स्वतन्त्र मधेस गठबन्धनका नेता सीके राउतलाई निम्तो गरिएको नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले बताए ।

तर, नागरिकको हैसियतमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भने पार्टीले आयोजना गरेको चियापानमा निम्ता दिइएको छैन । यद्यपि, शाहीकालका मन्त्री एवं नेताहरुलाई भने निम्ता दिइएको खबर बिहीबारका पत्रपत्रिकामा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर