newskoseli.Com

राष्ट्रबैंक बनाउने ठेक्का पप्पुलाई, निर्णय गर्ने जिम्मा प्रधानमन्त्रीलाई !

नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सनलाई दिने–नदिने भन्नेबारे निर्णय गर्ने जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सुम्पिदिएको छ ।

नियम अनुसार पप्पु कन्स्ट्रक्सनले ठेक्का पाउने भए पनि विवादित भएकाले आफूले निर्णय गर्न नसकेको प्राधिकरणले जनाएको छ । यस विषयमा दसैंअघि नै प्रधानमन्त्री कार्यालयमा पत्र पठाइएको प्राधिकरणको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख, सहसचिव राजुमान मानन्धरले बताए ।

‘कागज अनुसार उसैले पाउँछ तर त्यस्तो बदनाम भएकालाई कसरी दिने ?’ उनले भने । प्रधानमन्त्री कार्यालयले यसबारे निर्णय नगरिसकेको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर