काठमाडौंमा चेक ‘बाउन्स’ का घटना अत्यधिक बढेका छन् । पछिल्ला ९० दिनमा महानगरीय प्रहरी परिसरमा चेक ‘बाउन्स’ का १ हजार १७ उजुरी दर्ता भएका छन् ।
छोटो समयमा धेरै उजुरी परेका कारण अधिकांशको अनुसन्धान गरी प्रहरीले मुद्दा चलाउन सकेको छैन । प्रहरीमा परेका उजुरीमध्ये ७ सय ४१ वटा ‘पेन्डिङ’ मा छन् ।
१ सय ६३ उजुरीमाथि मात्रै अनुसन्धान गरी मुद्दा चलाइएको छ, १ सय १३ उजुरी फिर्ता गरिएका छन् । ‘पेन्डिङ’ मा रहेका चेकमा उल्लेख भए अनुसार १ अर्ब १३ करोड ४१ लाख ४९ हजार १ सय ८८ रुपैयाँको कारोबार रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
परिसरमा दैनिक १५–२० वटा चेक बाउन्ससम्बन्धी उजुरी दर्ता हुने गरेका छन् । उजुरीमा एउटै चेक ५ करोड रुपैयाँसम्मका छन् । खासगरी जग्गा कारोबार तथा अनाधिकृत व्यवसायमा संलग्न व्यक्तिले यस्ता चेक काट्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको खबर शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।