newskoseli.Com

बढी चिसो हुँदैछ यस वर्ष ? मुलुकभर जाडो ह्वात्तै बढ्यो !

काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । दसैं अघिसम्म अधिकांश भागमा गर्मी महशुस भए पनि दसैंलगत्तै तापक्रम घटेको छ ।

उपत्यकासहित देशभर नै चिसोको प्रभाव विस्तार हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद मीनकुमार अर्यालका अनुसार वायुमण्डलको प्रभावका कारण चिसो बढेको हो ।

धुँवा–धुलोले गर्दा पनि वायुमण्डल प्रदूषित भएकाले चिसो बढेको मौसमविदले बताएका छन् । अघिल्लो वर्ष १० कात्तिकमा काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेकामा यस पटक ८ दशमलव २ डिग्रीमा झरेको छ ।

शनिबारभन्दा आइतबार अझ तपक्रम घटेर ८ डिग्रीमा झरेको महाशाखाले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाको भनाइ रहेको खबर सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर