newskoseli.Com

कस्तो छ प्रधानमन्त्री ओलीलाई ? शरीर सुन्निएको, अनुहार र छाती रातो…

छातीमा संक्रमणसँगै श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य सुधारोन्मूख रहेको छ ।

दसैंको टीकाको दिनदेखि बिरामी परेका प्रधानमन्त्रीलाई सोमबार बिहान ४ः३० बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरमा भर्ना गरिएको हो । श्वासनलीमा भएको संक्रमणलाई मिर्गौलासम्म पुग्न नदिन चिकित्सकहरुले प्रयास गरिरहेको सेन्टरका निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले बताए ।

दसैंको भीडभाडकै कारण मौसमी फ्लुको संक्रमण भएका प्रधानमन्त्रीलाई निजी चिकित्सक डा. दिलीप शर्माले घरमा नै उपचार गरेका थिए । तर, रगतमा सुगरको मात्रा बढेपछि त्यसलाई नियन्त्रण गर्न असफल भएपछि अस्पताल भर्ना गरियो ।

प्रधानमन्त्रीको शरीर दुई दिनदेखि सुन्निएको छ । गाला, अनुहार र छाती रातो भएको छ । उनमा स्वाइन फ्लु नगेटिभ छ । ज्वरो भने आएको छैन । स्वासनलीमा संक्रमण देखिए पनि फोक्सो, मुटु र मिर्गौलासम्म पुगेको छैन ।

उपचारमा संलग्न मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले पनि प्रधानमन्त्रीको मुटु र मिर्गौलामा समस्या नरहेको बताएको खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर