newskoseli.Com

ठेकेदारमाथि दैनिक डेढ लाखका दरले २ करोड ८० लाख जरिवाना !

भक्तपुरको कमलविनायकदेखि नगरकोट जोड्ने सडक समयमै नबनाउँदा निर्माण व्यवसायीलाई जरिवाना गरिएको छ ।

कमलविनायक–भत्केको पाटी–नगरकोट सडक निर्माणको ठेक्का लिने शैलुङ र एआईपीएल (आरामाली इन्फ्रा पावर लिमिडेट) जेभीले तीन पटक म्याद थप्दा समेत काम नसकेको भन्दै दैनिक जरिवाना गरिएको हो । सडक आयोजना प्रमुख नरेन्द्रनाथ कोइरालाका अनुसार काम नगरे बापत निर्माण व्यवसायीले २ सय दिन (करिव ७ महिना) सम्म ठेक्का रकमको ० दशमलव ५ प्रतिशत जरिवाना तिर्नु पर्नेछ ।

यस हिसाबले दिनको १ लाख ४० हजार रुपैयाँका दरले जरिवाना रकम २ करोड ८० लाख हुन्छ । निर्माण कम्पनीलाई दिइने भुक्तानीमा जरिवाना रकम कटाएर मात्र दिइने उनले बताए ।

शैलुङ जेभी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटी शारदाप्रसाद अधिकारीको निर्माण कम्पनी हो भने एआईपीएल भारतीय निर्माण कम्पनी हो । ‘एक्जिम बैंक अफ इन्डिया’ को सहयोगमा भक्तपुर–नगरकोट–सिपाघाट–बल्खु–दक्षिणकाली योजनाअन्तर्गत सडक निर्माण थालिएको हो ।

दुई वर्षमा काम सक्ने गरी सन् २०१४ जुन ५ मा २८ करोडमा सडक निर्माण सम्झौता भएको थियो । तर, अहिलेसम्म ५० प्रतिशत मात्र काम भएको आयोजनाले जनाएको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर