खेतबारीमा जब बाँदर पल्कन्छ, बालीनाली सखापै पार्छ । पवर्तको महाशिलामा बाँदरले आतंक मच्चाएपछि नियन्त्रण गर्न गाउँसभाले संकल्प प्रस्ताव नै पारित गर्यो । र, ३० लाख रुपैयाँ वार्षिक बजेट नै विनियोजन गर्यो अनि साउनयता २ सय ३ वटा बाँदर नियन्त्रण गरेर ‘झ्यालखाना’ मा पनि राखिसक्यो ।
सबै वडामा बाँदरले खेती नास गरेपछि नियन्त्रण गर्न जनप्रतिनिधिहरुले सुरुमा हस्ताक्षर संकलन गरे । त्यसपछि गाउँसभामा संकल्प प्रस्ताव लगे । त्यो सर्वसम्मतिमै पारित भयो । ‘अनि हामीले तत्कालै भारतबाट बाँदरविद् बोलाएर नियन्त्रण थाल्यौं’– गाउँपालिकाका अध्यक्ष राजु पौडेलले बताए ।
बाँदरले बालीनाली सखाप पारेको गुनासो गाउँलेबाट बारम्बार आएपछि महाशिलाले यस्तो योजना बनाएको खबर बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।