राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जान्छु भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सकहरूसँग आग्रह गरेका छन् ।
चारदिने कतार भ्रमण सकेर राष्ट्रपति भण्डारी बिहीबार (आज) स्वदेश फर्कने कार्यक्रम छ । राष्ट्रिपतिलाई स्वागत गर्न जानुपर्ने भन्दै डिस्चार्ज दिन प्रधानमन्त्रीले आग्रह गरेको डा. सन्तकुमार दासले बताए ।
तर, आफूहरुले अहिल्यै डिस्चार्ज नदिने, बरु राष्ट्रपतिलाई नै अस्पतालमा बोलाउने भनेर प्रधानमन्त्रीलाई विमानस्थल जनबाट रोकेको उनले बताएको खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशति छ ।