मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारहरुको न्यूनतम मासिक पारिश्रमिक वृद्धि गरेको छ ।
शुक्रबार संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै मलेसियाली अर्थमन्त्री लिम ग्वान ईङले उक्त घोषणा गरेका हुन् । सरकारी घोषणा अनुसार अब कामदारले आगामी वर्षको जनवरीदेखि मासिक न्यूनतम ११ सय रिंगिट पारिश्रमिक पाउनेछन् ।
हाल कामदारको न्यूनतम पारिश्रमिक प्रायद्विप क्षेत्रमा पेनिन्सुलार मलेसियामा मासिक एक हजार र पूर्वी मलेसियामा ९ सय रिंगिट कायम छ । हाल घोषित नीति पूर्ण रुपमा कार्यान्वयन भएमा नेपालीसहित निजी क्षेत्रमा कार्यरत सबै विदेशी कामदार समेत लाभान्वित हुने खबर शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।