newskoseli.Com

शिक्षक र कर्मचारीलाई मोबाइलदेखि सामजिक सञ्जालसम्ममा यस्तो अंकुश !

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापकलाई सामाजिक सञ्जाल र मोबाइल फोन प्रयोगमा अंकुश लगाएको छ ।

मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत सामाजिक सञ्जाल र मोबाइल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन, २०७५ मार्फत मन्त्रालयले फेसबुक, ट्विटर, इमो, भाइबरजस्ता सामाजिक सञ्जाल आफूखुसी प्रयोग गर्न रोक लगाएको हो ।

कात्तिक १३ मा स्वीकृत ६ बुँदे मार्गनिर्देशन तत्काल लागू हुने भनिएको छ, जसमा कार्यालयको खर्चमा भ्रमण गर्ने व्यक्तिले व्यक्तिगत रुपमा खिँचिएका धार्मिकस्थल, बाटो, तालतलैया वा भ्रमण गरिएका स्थानको तस्बिर सामाजिक सञ्जालमा राख्न समेत नपाइने उल्लेख भएको खबर शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर