newskoseli.Com

मन्त्रीको भिसा च्यातिएपछि भ्रमण नै रद्द !

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको बेलायत भ्रमण रद्द भएको छ । बेलायतले भारतस्थित दूतावासबाट नेपालीका लागि भिसा दिने गरेको छ ।

भारतीय दूतावासले मन्त्री अधिकारीलाई उपलब्ध गराएको भिसा च्यातिएको पाइएपछि शनिबार हुने भनिएको उनको भ्रमण नै रद्द भएको छ । नोभेम्बर ५ देखि ७ सम्म लन्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालका तर्फबाट सहभागी हुन जान लागेका मन्त्री अधिकारीलाई भीएफएस ग्लोबल नेपालले च्यातिएको भिसासहितको राहदानी दिएपछि उनको भ्रमण रद्द भएको हो ।

लापरबाहीका कारण भिसा लागेको राहदानी च्यातिएको जानकारी मन्त्रीका सचिवालय सदस्य ध्रुव पोखरेलले दिएको खबर आइतबारको नेपाल समाचापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर