कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याका सम्बन्धमा प्रमाण नस्ट गरी घटना कमजोर बनाउने प्रहरी अधिकारीहरुसँग कडाईका साथ केरकार नहुनु र अनुसन्धान फितलो बनाइनु गम्भीर त्रुटि भएको नागरिक समाजका अगुवाहरुले बताएका छन् ।
राष्ट्रिय मानवअधिकार प्रतिष्ठान तथा शान्ति र विकासका लागि नागरिक समाजद्वारा राजधानीमा आयोजित यौनजन्य हिंसा, अनुसन्धान र न्याय, विषयक अन्तरक्रियामा सम्बोधन गर्दै नागरिक अगुवा डा. सुन्दरमणि दीक्षितले निर्मला हत्या प्रकरणमा डीएनए परीक्षणमा समेत लापर्बाही भएको गुनासो गरे । घटनाका सम्बन्धमा सरकार संवेदनशील नभएको आरोप उनले लगाए ।
कार्यक्रममा संविधानविद् काशीराज दाहालले कार्यपत्र प्रस्तुत गरेको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।