newskoseli.Com

६९२१ वटा शव, ११७८ जनाको अंगभंग र १८ जना ‘कोमा’ मा

पछिल्लो दस वर्षमा वैदेशिक रोजगारीमा गएका ६ हजार ८ सय ९१ जना युवा ‘कफिन’ मा (मृत भई लाश बनेर) फर्किएका छन् ।

वैदेशिक रोजगारीकै सिलसिलामा यस अवधिमा १ हजार २ सय ५२ भन्दा बढी अंगभंग भएका छन् । विभिन्न अभियोगमा मलेसिया र खाडी मुलकमा मात्रै ४ सय २७ जना नेपाली जेलजीवन बिताइरहेका छन् । यो तथ्यांक वैदशिक रोजगार प्रवर्द्धन बोर्ड स्थापना भएको १० वर्षमा आर्थिक सहायता वितरण गरिकाहरुको मात्रै हो ।

यस बाहेक गैरकानुनी हैसियतमा रहेका, अवैध बाटोबाट वैदेशिक रोजगारीमा गएका तथा श्रम स्वीकृतिको अवधि सकिएकाहरुको लेखाजोखा नै भएको छैन । मुलुकभित्र रोजगारीका पर्याप्त अवसर नहुँदा पछिल्लो १० वर्षको अवधिमा मात्रै ३७ लाख ६ सय ७२ पुरुष र १ लाख ९७ हजार ८ सय ७ जना महिला वैदेशिक रोजारीमा गएको तथ्यांक छ ।

यही अवधिभित्र १८ जना ‘कोमा’ मा रहेको तथ्यांकमा उल्लेख छ । ‘कोमा’ मा रहेकामध्ये ९ जना कतारमा छन् भने साउदी अरबमा ५ जना छन् । त्यस्तै, कुवेतमा २ जना, युएईमा १ जना र बहराइनमा १ जना ‘कोमा’ मा रहेको खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर