प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएयता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का माथिल्लो तहका छलफल तथा बैठकहरुमा समेत सुस्तता आएको छ । तल्ला तह त पूरै निष्कृयाप्रायः छँदैछन् ।
दसैंलगत्तै स्वास्थ्यमा समस्या आएपछि अध्यक्ष ओली केही दिन अस्पतालमा भर्ना भएका थिए । त्यसयता नेकपाका उच्चस्तरीय छलफल तथा पार्टी गतिविधि सुस्ताएका छन् ।
नेकपाको तल्लो तहमा एकता नै नटुंगिएकाले तल्लो तहका गतिविधि भने पहिलेदेखि नै सुस्ताएको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।