मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश– ३ को राजधानी हेटौंडास्थित सरकारी निवासमा बस्छन् ।
संघीय राजधानी काठमाडौंमा उनकै लागि अर्को निवास छ, त्यो पनि सरकारी नै हो । त्यसको रङरोगन र सजावट भने एउटा अन्तर्राष्ट्रिय संस्था (आईएनजीओ) ले गरिदिएको छ ।
त्यही आईएनजीओ (एसिया फाउन्डेसन) को सहयोगमा उनी प्रदेशको १५ वर्षे आवधिक योजना उक्त घरबाट बनाउन लागिरहेका छन् । तीनतले घरको बीचको तलामा प्रदेशको नीति तथा योजना आयोगका प्राविधिक त्यो काम गर्छन् ।
भैंसेपाटीस्थित आवास क्षेत्रमा रहेको नगर विकास समितिको भवन साउन १ देखि उनलाई दिइएको खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।