नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफ्नो पार्टीमा १ हजार मुद्दा दर्ता भएको जनाएको छ ।
सो पार्टीको ‘न्याय विभाग’ मा २०७५ साउनदेखि कात्तिक मसान्तसम्म दर्ता भएका ती मुद्दा घरायसी विवाद, भ्रष्टाचार, ठगी, लेनदेनलगायत रहेका छन् ।
तीमध्ये ८ सय मुद्दा टुंग्याइसकिएको उक्त पार्टीले जनाएको खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।