निर्मला पन्तको हत्याराको संरक्षणमा सरकार नै लागेको आरोप नेपाल महिला संघले लगाएको छ ।
संघले आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर सरकारले निर्मलाको हत्यारा पक्राउ गर्ने नाममा आमजनातालाई भ्रममा पार्न खोजेको र न्यायलाई मार्न बारम्बार नक्कली अभियुक्त देखाएको आरोप लगाएको हो ।
‘सरकारले सर्वसाधारणका आँखामा छारो हाल्न नक्कली अभियुक्त देखाउँदै छ, सरकार नै हत्यारा संरक्षण गर्न लागिपरेको छ’– महिला संघकी महासचिव धना खतिवडाले पत्रकार सम्मेलनमा भनेको खबर सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।