दुई वर्षसम्म विज्ञापन नै गर्दैन भन्ने चर्चा चलिरहेका बेला लोकसेवा आयोगले झन्डै तीन सय पदका लागि विज्ञापन गर्ने निर्णय गरेको छ ।
आयोगका अनुसार सहसचिव, उपसचिव र शाखा अधिकृत पदमा विज्ञापन खुला भएको छ । यी विज्ञापनमा ५० हजार जनाको आवेदन पर्ने आयोगको अनुमान छ ।
आयोगका अध्यक्ष उमेश मैनालीले संसद सेवा, न्यायसेवा र महालेखा परीक्षकको कार्यालय गरी तीन वटा सेवाबाट मात्रै माग आएकाले त्यसका लागि मात्रै विज्ञापन गर्ने निर्णय भएको बताएको खबर बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।