newskoseli.Com

‘मेटासिड’ बोेकर पूर्वलडाकु फेरि मन्त्री निवासमा !

सशस्त्र द्वन्द्वका घाइते कुलप्रसाद भट्टराई बिहीबार बिहान ९ बजेतिर मन्त्री निवास पुल्चोक पुगे ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेट्न गएका उनी मूल गेटमै समातिए । कारण थियो, उनको झोलामा भेटिएको ‘मेटासिड’ । प्रहरीले उनका साथमा ‘सुसाइड नोट’ समेत फेला पारेको छ ।

घाइतेको उपचार र सुविधाका लागि गरेको सरकारले सम्झौता पालना नगरेकाले विरोधस्वरुप विष सेवन गर्न लागेको उनले बताएको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर