पछिल्लो समय हिन्दू धर्म र राजतन्त्रको वकालत गर्दै गोप्य बैठक गर्न थालेका पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपा नेपालका अध्यक्ष कमल थापासहित तीन दर्जनभन्दा बढी राप्रपाका नेता र राजावादीसँग भेट गरेका छन् ।
पोखराको निर्मल पोखरीस्थित माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टमा बस्दै आएका पूर्वराजाले कमल थापासँग देशको पछिल्लो राजनीतिक घटनाक्रम र राप्रपाको एकता प्रक्रियाबारे जानकारी लिएका थिए ।
गोप्य भेटमा राजतन्त्र र हिन्दू राज्य कायम गर्ने विषयमा छलफल भएको खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।