newskoseli.Com

पीए/सहयोगी कोही छैनन्, ३ जनाको तलब–भत्ता आफैं बुझिरहेछन् यी ‘माननीय’ !

रुपन्देहीबाट निर्वाचित भरतकुमार शाह असोज ५ मा संघीय संसद अन्तर्गत सार्वजनिक लेखा समितिको सभापतिमा निर्वाचित भए ।

संसद् सचिवालयले त्यही महिनादेखि उपसचिव स्तरका स्वकीय सचिव एक जना, कम्प्युटर अपरेटर एक जना र कार्यालय सहयोगी एक जना गरी तीन जनाको तलब–भत्ता एभरेस्ट बैंकस्थित शाहको खातामा मासिक रूपमै पठाइरह्यो ।

संसद सचिवालय स्रोतबाट दुई साताअघि प्राप्त विवरणअनुसार उनल स्वकीय सचिव, कम्प्युटर अपरेटर र कार्यालय सहयोगी कोही पनि नियुक्त नै गरेका छैनन् । तर, सभापति साहले ती तीनै जनाका नामको तलब–भत्ता भने निरन्तर बुझिरहेको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर