newskoseli.Com

होटलमा बसेर एकताको गोप्य खाका बनाउँदै नेकपाको कार्यदल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण कार्यदलले संगठनात्मक एकीकरणका बाँकी कामको गृहकार्य गोप्य रुपमा अघि बढाएको छ ।

संगठनात्मक एकता तथा एकीकरणका सम्बन्धमा गठित नौ सदस्यीय कार्यदलले गृहकार्य सुरु गरेको हो । कार्यदलका सदस्यहरु ललितपुरको एक होटलमा शुक्रबार बिहानदेखि साँझसम्म लगातार छलफलमा जुटे ।

केन्द्रीय सदस्यहरुको कार्यविभाजन, जिल्ला नेतृत्वको बाँडफाँड, जनसंगठनहरुको एकीकरणदेखि पोलिटब्युरो गठनसम्मको प्रस्ट खाका तयार पार्ने म्यान्डेट कार्यदललाई दिइएको छ ।

कार्यदलका सदस्यहरुलाई १६ पुसमा प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले १० दिनभित्र प्रस्ट खाका तयार पारिसक्न निर्देशन दिएका थिए । कार्यदल सोही अनुरुपको तयारीमा गोप्य रुपले लागिरहेको खबर शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर