newskoseli.Com

सिपाही र हवल्दारको रासनभत्ता सशस्त्रका हाकिमको खल्तीमा !

रासनबापत नगद नै दिन भनेपछि पनि सशस्त्र प्रहरीमा रासनमा हुने अनियमितता रोकिएको छैन । सिपाही–हवल्दारलाई लामो समय बिदामा पठाएर रासनभत्ताको रकम हाकिमले लिने गरेको सशस्त्र प्रहरी मुख्यालयको छाबविनमा खुलेको छ ।

रासन हिनामिना गरेको खुलेपछि दुई गुल्मपतिलाई कारबाही भएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी सुरजकुमार श्रेष्ठले बताए । मुस्ताङको गुल्ममाा कार्यरत डीएसपी हरिबहादुर गुरुङ र खोटाङको गणमा कार्यरत डीएसपी धनबहादुर बानियाँमाथि कारबाही चलाइएको उनले बताए । दुवैलाई गुल्म गणपतिबाट हटाएर विभागीय कारबाही गरिएको हो ।

रासनभत्तामा अनिमितताको उजुरी बढेपछि प्रहरी प्रधान कार्यालयले विशेष टिम नै बनाएर बाहिनी, गण, गुल्म तथा बोर्डर आउटपोस्ट (बीओपी) का प्रमुखमाथि कारबाही थालेको खबर शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर