newskoseli.Com

महिनावारीको यस्तोसम्म सकस : रातभर खुला आकाशमुनि आगोकै भरमा बास

महिनावारी हुँदा छाउगोठमा बास हुने त सबैले सुनेकै कुरा हो । तर, रातभर खुला आकाशमुनि रात बिताउनुपर्ने कुरा भने कमैले सुनेको हुन सक्छ ।

हुम्लाको एउटा गाउँमा महिला महिनावारी हुँदा खुला आकाशमुनि आगोको भरमा रात बिताउने गर्छन् । जिल्लाको सर्केगार्ड गाउँपालिकाको वडा नम्बर ३ को उनापानी गाउँका महिला महिनावारी भएको बेला खुला जमिनमा आगो बालेर रात काट्दै आएका छन् । महिला पुसको चिसोमा पनि यसरी बस्नुको कारण भने सामाजिक मान्याता नै रहेको छ ।

फेरुवा र छालाको ओछ्यान लगाएर कम्बल पिठ्युँमा ओढेर आगो ताप्दै रातमा बसेकी पञ्चकला फडेरा उमेरले ४४ वर्ष पुगिन् । आफू महिनावारी हुँदा किशोरी अवस्थादेखि यसरी नै बस्दै आएको उनी बताउँछिन् ।

निद्रा नलाग्दासम्म सँगैका संगिनीहरू गफ गरेर बस्ने र निद्रा आएमा सुत्ने गरेको बताउने फडेराले यो महिलाको रहर नभएर बाध्यता भएको बताएको खबर शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित छ

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर