राष्ट्रिय गौरवको आयोजनाका रुपमा बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार कम्पनीका सीईओ (प्रमुख कार्यकारी अधिकृत) पाओली पोर्सेली सहितको टोली नेपाल आउँदैछ ।
आयोजनाको मुख्य ठेकेदार कम्पनीको अपरेटिभ मुरातोरी ई सेमेन्तेस्टी (सीएमसी दि रेभन्ना) को उक्त टोली आएपछि मेलम्चीमा देखिएको समस्याको समाधानका लागि निर्णायक वार्ता हुने आयोजना स्रोतले बताएको छ ।
ठेकेदारले साइट छाडेपछि २२ दिनदेखि मेलम्चीको काम ठप्प भइ अलपत्र अवस्थामा पुगेको छ । मेलम्चीको सुरुङ ढलान पूरा हुन १ किलोमिटर मात्रै बाँकी छ । सरकार र ठेकेदारबीच लामो समयदेखि क्षतिपूर्ती विवाद चल्दै आएको छ ।
ठेकेदार कम्पनी सीएमसीले भूकम्प, नाकाबन्दी लगायतका बेला काम हुन नसकेको भन्दै आयोजनासँग ठूलो रकम क्षतिपूर्ति माग्दै आएको खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।