newskoseli.Com

सहरका चिया पसल र डेराबाटै अफिसको काम ! प्रायः गाउँमा भेटिँदैनन् जनप्रतिनिधि…

स्थानीय सरकारको काम देखेर काभ्रे डाँडापारिका बासिन्दा निराश बनेका छन् ।

सिफारिस र नागरिकता बनाउन अझै पनि दुई दिन पैदल हिँड्नुपर्छ । जिल्ला सदरमुकाम धुलिखेलबाट ७० किलोमिटर दुरीमा छ डाँडापारि । उनीहरूले अझै सहज तवरले सरकारी सेवा–सुविधा पाउन सकेका छैनन् ।

खानीखोला गाउँपालिकाका ७ वडामध्ये ६ वटाका जनप्रतिनिधि र कर्मचारीले सहरका चिया पसल र भाडाका कोठाबाट काम गर्ने गरेको स्थानीय शेखर लामाको भनाइ छ । ‘गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष र कर्मचारी गाउँमा बस्दैनन्’, नेकपाका जिल्ला सदस्य रहेका लामाले भने– ‘बनेपामा कोठा भाडामा लिएर काम गर्छन् । स्थानीयले सामान्य कामका लागि सचिव र अध्यक्ष खोज्दै सहर धाउनुपर्ने बाध्यता छ ।’

यो ठाउँमा सूचना, सञ्चार, यातायात, विद्युत् र सरकारी सेवाको सहज पहुँच छैन । निर्वाचनपछि गाउँमै सेवा–सुविधा पाइने आशा निराशामा बदलिएको स्थानीको भनाइ छ । ‘पहिला कर्मचारी हुँदा र अहिले जनप्रतिधि आउँदा सेवा–सुविधामा केही फरक महशुस भएको छैन,’ खानीखोला गाउँपालिकाका सन्त तामाङले भने– ‘दुई दशकपछि नयाँ जनप्रतिनिधि आए पनि वडाध्यक्ष, वडासचिव गाउँ नबस्दा स्थानीयलाई सास्ती बढेको छ ।’

जनप्रतिनिधिको व्यवहारबारेको यो खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर