newskoseli.Com

सार्वजनिक जमिनमा ‘जनप्रतिनिधि’ कै घर, अझ मापदण्डविपरीत पनि ! डोजर प्रयोग गरी भत्काइएपछि…

‘जनप्रतिनिधि’ ले मापदण्डविपरीत सार्वजनिक जमिनमा बनाएको को घर पोखरा महानगरपालिकाले भत्काइदिएको छ ।

पोखरा महानगरपालिका– ४ की वडा सदस्य विष्णुमाया परियारले वडा नम्बर ४ कै फिर्के खोलाको किनारमा बनाएको पक्की घर महानगरपालिकाले डोजर प्रयोग गरी सोमबार भत्काएको हो ।

सार्वजजनिक जग्गा अतिक्रमण गरी बनाइएको पोखरा महानगरपालिका– ५, धारापानीस्थित भरत लिगलको घर समेत महानगरले भत्काइदिएको छ । ढलान गरेर बनाइएको वडा सदस्य परियारको एकतले घर पहिले भत्काइएको थियो ।

घर भत्काउन नदिन वडा सदस्य परियारले अनुनय गरेकी थिइन् । उनी २०४७ देखि बस्दै आएको स्थानमा महानगरपालिकाका मेयर र वडा अध्यक्षसँग मौखिक सहमति गरेर आफूले पक्की घर बनाएको उनले बताएको खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर