newskoseli.Com

११ नेपाली चिनियाँ हिरासतमा : भर्खरै फर्काइए स्वदेश !

भिसा अवधि सकिएपछि २ महिनादेखि चिनियाँ प्रहरीको हिरासतमा रहेका ११ नेपाली युवा मंगलबार नेपाल डिपोर्ट (फिर्ता) भएका छन् ।

रेस्टुरेन्टमा काम गर्न भनेर ६ महिनाअघि चीन आएका १४ युवा भिसा अवधि सकिएपछि पनि अवैध रूपमा बसिरहेको भन्दै चिनियाँ प्रशासनले हिरासतमा राखेको थियो ।

भिसा अवधि सकिएपछि एक जना फर्किए । एक जनालाई प्रहरीले थप अनुसन्धान गर्न भन्दै हिरासतमै राखेको छ भने एक जना पक्राउ परेकै बेला नेपाल फर्काइएका थिए ।

असारको तेस्रो सात दुई चरण गरी ती नेपाली युवा चीनको साङहाईभन्दा केही दक्षिण चच्याङ प्रान्तको निङ्पोमा आएका थिए । २१ देखि ३५ वर्षसम्मका नेपाली युवाहरूलाई राम्रो आम्दानी हुन्छ भन्दै चिनियाँ र मलेसियनले खोलेका भारतीय परिकारको रेस्टुरेन्टमा काम गर्न भनी ल्याइएको थियो ।

आएकामध्ये एक महिनाको भिसा अवधि सकिनासाथ धादिङका अनिल धिताल नेपाल फर्किएका थिए । बाँकी १३ जना युवाहरूमा धनुषाका कृष्णबहादुर लामा र अभिन घिसिङ, दोलखाका दिनेशकुमार कार्की, सर्लाहीका रमेश परियार र दीपक कार्की, धादिङका सौगात धिताल, चितवनका अङ्कित परियार र विशाल परियार, काभ्रेका भीमबहादुर तामाङलगायत थिए ।

पक्राउपछि गरिएको स्वास्थ्य परीक्षणमा अस्वस्थ देखिएकाले सौगातलाई तत्कालै फिर्ता पठाएको थियो । कृष्णबहादुरलाई मानव तस्करीको आरोपमा थप अनुसन्धान गर्नका लागि हिरासतमै राखिएको छ ।

कृष्णबहादुर पहिले मलेसियामा स्याङकै रेस्टुरेन्टमा काम गर्ने । स्याङ खुले चिनियाँसँग मिलेर निङ्पोमा रेस्टुरेन्ट खोल्ने भन्दै कृष्णलाई नेपाली कामदार खोज्न नेपाल पठाएका थिए । स्याङले आफ्ना चिनियाँ साझेदार लिङ छीलाई लिएर जेठमा काठमाडौं गएको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर