newskoseli.Com

‘बाँदर नियन्त्रणका लागि’ गाउँपालिकाले छुट्यायो ५ लाख बजेट !

त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्र गर्न बजेट विजियोजन गरेको छ । बाँदरले बालीनाली सखाप पारेको आवाज किसानहरुबाट आएपछि यसको नियन्त्रण गर्न गाउँपालिकालेले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।

अब बाँदर नियन्त्रण हुने आशा पलाएको त्रिपुरासुन्दरी गाउँपालिका– ३ का धुस्कुन, चित्रेपाटीका कृषक भक्तबहादुर कार्कीले बताए । ‘बाँदरको हुलले आलु, साग, काउली उखेलेर हैरान बनाएपछि हामी दिक्क थियौं,’ उनले भने– ‘तीन वटा कुकुर राखेर खेददा पनि केही लागेन ।’

उनी मात्र होइन, गाउँपालिकाका कृषकहरुले स्थानीय सरकारलाई गुहारेपछि बजेट छुट्याइएको खबरर अनिश तिवारीको बाइलाइनमा शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर