प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् अवरुद्ध गरिरहेका बेला सरकारले शुक्रबार ‘मार्सल’ प्रयोग गरेर चिकित्सा शिक्षा विधेयक पारित भएपछि मुलक राजनीतिक मुठभेडतर्फ अघि बढेको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नामका दुई अस्पताललाई संघीय सरकार अन्तर्गत नराखेसम्म सदन चल्न नसक्ने बताउँदै रोस्ट्रम घेराउ गरिरहेको थियो ।
तर, त्यसै बेला उनीहरुलाई ‘मार्सल’ को घेराबन्दीमा राखी सरकारले विधेयक पारित गराएयो । यसबाट प्रमुख प्रतिपक्षी दल कांग्रेस र सत्तापक्षबीचको दूरी निकै बढेको र मुलुक राजनीतिक मुठभेडतर्फ अगाडि बढेको खबर शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।