newskoseli.Com

प्रचण्डको ‘कडा’ विज्ञप्तिबारे अमेरिकाले माग्यो सरकारको धारणा : के लेखेका थिए प्रचण्डले ? (विज्ञप्तिसहित)

भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोका समर्थन र अमेरिकालगायत उसका पक्षधरको विरोध गर्दै केही दिनअघि सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जारी गरेको वक्तव्यप्रति अमेरिकाले नेपाल सरकारको आधिकारिक धारणा मागेको छ ।

सत्तारुढ दलका अध्यक्षले जारी गरेको विज्ञप्तिलाई ‘नोटिस’ मा लिएको भन्दै अमेरिकी दूतावसले परराष्ट्र मन्त्रालयसँग यसबारे सरकारको धारणा प्रस्ट पार्न आग्रह गरेको हो ।

‘सरकारको धारणा के हो भन्ने जान्नका लागि आग्रहसहितको पत्र पठाएका छौं’– अमेरिकी राजदूतावासका एक अधिकारीले भने । भेनेजुयलामा बढिरहेको राजनीतिक संकटबारे शुक्रबार विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले अमेरिका र उसका पक्षधर राष्ट्रहरुको कदमको विरोध गरेको खबर दुर्गा खनालको बाइलाइनमा सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

विज्ञप्तिमा के लेखेका थिए प्रचण्डले ? जस्ताको तस्तै….

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर