उनी आँखा चिम्लेर पल्टिरहन्छन् । कोही भेट्न आउँदा पुलुक्क हेर्छन् । गल्दै गएपछि फेरि आँखा बन्द गर्छन् । आगन्तुकहरु हेरेरै फर्किन्छन् ।
२० दिनदेखि अनशनतर डा. गोविन्द केसीको मुटुको समस्या बढ्दै गएको छ । उनको दुई पटक एन्जियोग्राम गरिसकिएको छ । उनको शरीर कमजोर बन्दै गएको छ । बोली समेत निस्कँदैन । मुस्किलले साउती गर्छन् । परेला फाट्टिएका छन् । तर, ६३ वर्षीय केसीले औषधि खान मानेका छैनन् ।
नजिक आउने चिकित्सकलाई उनी इसारा गर्छन् । उनको इसारा र मनस्थिति बुझेर काम गर्नुपर्ने अवस्था छ । केसीको अवस्था जटिल हुँदै गइरहेको उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर विशेषज्ञा डा. प्रमेश श्रेष्ठले जानकारी दिएको खबर दिनेश गौतमको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।