कानुन विषयमा कलम चलाउनेहरूसँग माघ ६ मा भएको लामो छलफलमा प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले मिडियाले आफूलाई ‘बिग्रन नदिएको’ भन्दै हँसाए ।
सञ्चार माध्यमहरुमा आफ्ना विरुद्ध जति अरू कुनै न्यायाधीशको चर्चा नभएको उल्लेख गर्दै राणाले भने– ‘लेखेर मलाई बिग्रन नदिनु भएकोमा तपाईंहरूप्रति आभारी छु ।’ अदालत र फैसलाबारे समाचार लेख्दा वा टिप्पणी गर्दा वस्तुपरक हुनु पर्नेमा उनले जोड दिए ।
अदालतबारे हुने चर्चाको संवेदनशीलता मुद्दासँग मात्र नभई कानुन व्यवसायी, कर्मचारी र न्यायाधीश एवं समग्र न्याय व्यवस्थासँग सम्बन्धित हुने भएकाले तथ्य, कानुन र नजिरको कसीमा रहेर मात्र लेखिदिन उनले आग्रह गरे ।
प्रधान न्यायाधीश राणा अदालत र मिडियाको सम्बन्ध कसरी सुधार्न सकिन्छ भन्ने विषयमा गम्भीरतापूर्वक लागेका छन् । त्यसैले उनले न्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा सञ्चार नीति बनाउने जिम्मेवारी समेत दिइसकेका छन् ।
पूर्वन्यायाधीश कृष्णजंग रायमाझीले प्रधान न्यायाधीश राणाले चालेको कदमको प्रशंसा गरे । ‘नियत सफा छ भने जुनसुकै सुधारका प्रक्रियालाई नराम्रो भन्न सकिँदैन,’ उनले सोमबार भने– ‘नियत खराब छैन भने राम्रो कुरा हो नि ! इमानदारीपूर्वक भएको कुरालाई राम्रै मान्नुपर्छ, सुधार्नु त परेकै छ, धेरै समय कुर्नु पनि हुँदैन ।’
प्रधान न्यायाधीश र न्यायालयसम्बन्धी यो खबर अनन्तराज लुइँटेलको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।