newskoseli.Com

७०५ वर्षपछि नेपालमा हुँदै ‘श्रीराम तारकब्रह्म महायज्ञ’ !

७ सय ५ वर्षअघि भारतमा भएको श्रीराम तारकब्रह्म महायज्ञ अब नेपालमा हुने भएको छ ।

नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको उक्त महायज्ञ सुनसरीको बराह क्षेत्र चतराधाममा माघ २७ मा सुरु हुनेछ ।

हरित, स्वच्छ, स्वावलम्बी, समृद्धि र संस्कारी नेपालको कामनासहित चतराधामस्थित जगतगुरु रामानन्दाचार्य सेवापीठमा उक्त महायज्ञ माघ २६ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यक्रम रहेको आयोजक जगतगुरु श्रीरामानन्दाचार्य सेवापीठ एवं महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान (भक्तपुर) ले विज्ञाप्तिमार्फत जानकारी दिएको खबर मंगलबारको पत्रपत्रिकामा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर