newskoseli.Com

कोसी ब्यारेज : सम्झौताको ६३ वर्षदेखि ३ पुस्ताले लड्यो मुआब्जाको लडाइँ !

नेपाल–भारतबीच कोसी ब्यारेज निर्माणको सम्झौता भएको ६३ वर्ष बितिसक्दा पनि पीडितले मुआब्जा पाएका छैनन् ।

कोसीमा बाँध निर्माण गर्दा स्थानीयको जग्गालाई क्षति पुग्ने भएपछि पीडितलाई क्षतिपूर्ति दिने सहमति दुई देशबीच भएको थियो । कोसीपीडितहरु ६३ वर्षदेखि मुआब्जाको पर्खाइमा छन् ।

नेपालमा २२ जना प्रधानमन्त्री फेरिए पनि सम्झौता कार्यान्वयन नभएको स्थानीयको गुनासो छ । कोसी ब्यारेज बनाउन २०१२ जेठ १५ मा सम्झौता भएको थियो । ‘मुआब्जाका लागि आवाज उठाउँदै तीन पुस्ता बित्यो,’ बेलका– २ का ५४ वर्षीय सूर्य बस्नेतले भने– ‘हाम्रो माग कसैले सुनेनन् । मेरा बुबाले मुआब्जा माग्दै आन्दोलन गर्नुभएको थियो, मैले पनि त्यही गरें, अब छोरो पनि यसकै लागि लडाइँ गर्दैछ ।’

कोसी ब्यारेजको तीन पुस्ता लामो लडाइँको यो खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर