newskoseli.Com

अस्तव्यस्त स्ववियु : ठेक्कापट्टातिर शैक्षिक मुद्दा छाडेर विद्यार्थी नेताहरू !

स्वतन्त्र विद्यार्थी युनियन (स्वयियु) को निर्वाचन हरेक दुई–दुई वर्षमा हुने त्रिवि नियमावलीमा उल्लेख छ ।

तर, त्रिविको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसलगायत धेरै विद्यार्थी रहेका अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन नभएको १० वर्ष भइसक्यो ।

०६५ पछि एकैचोटी ०७३ फागुनमा निर्वाचन मिति त तोकियो तर निर्वाचन प्रणाली, उमेरहद र निर्वाचज गर्ने कि नगर्ने भन्ने विषयमा विद्यार्थी संगठनबीच विवाद चर्किएको त्रिविका ६० मध्ये ३४ क्याम्पसमा निर्वाचन हुने सकेन ।

बाँकी २६ क्याम्पसमा विवादबीच निर्वाचन भयो तर ती क्याम्पसका स्ववियु पनि विद्यार्थीका मुद्दामा प्रभावकारी बन्न सकेका छैनन् । अहिले त्रिविले १४ फागुनमा स्ववियु निर्वाचनको मिति तोकेर तयारीमा लाग्न क्याम्पसहरुलाई पत्र पठाएको छ । तर, विद्यार्थी संगठनहरु भने निर्वाचनमा जाने–नजाने विवादमा प्रवेश गरेका छन् । कतिपय विद्यार्थी नेताहरु भने ठेक्कापट्टातिर लागेको खबर वीरेन्द्र ओलीको बाइलाइनमा शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर