newskoseli.Com

अख्तियारले ‘थर्कायो’ सरकारलाई : ढिलाइ र भ्रष्टाचार ‘क्षम्य हुन नसक्ने’ !

विकास–निर्माणका आयोजनामा देखिएका बेथिति हटाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको ‘ध्यानाकर्षण’ गराएको छ ।

भौतिक पूर्वाधार निर्माण र विकाससँग जोडिएका मन्त्रालय र विभागका प्रमुखसँग अख्तियारले आफ्नो कार्यालयमा आयोजना गरेको अन्तक्र्रियामा बोल्दै प्रमुख आयुक्त नवीन घिमिरेले सरकारद्वारा सञ्चालित आयोजनाहरूको काममा भइरहेको ढिलाइ र भ्रष्टाचार ‘क्षम्य हुन नसक्ने’ बताए ।

सार्वजनिक निर्माण कार्यको ठेक्का व्यवस्थापनको अवस्था सम्बन्धमा अख्तियारले गरेको अध्ययनबाट सरकारी विकास–निर्माण कार्यको अवस्था ‘भयावह’ पाइएको जानकारी उनले गराए । १ हजार ८ सय ४८ आयोजनाको निर्माण समयमा सम्पन्न नभई अलपत्र अवस्थामा रहेको र २३ अर्ब रुपैयाँभन्दा बढी सरकारी रकम पेस्की लिएर ठेकेदारले दुरुपयोग गरिरहेको उनले उल्लेख गरेको खबरसोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर