newskoseli.Com

यस्ती पनि आमा : परपुरुषसँग ‘बिहे’ गर्न विष ख्वाएर ४ वर्षे छोराको हत्या !

एउटी आमाले आफ्नै छोरालाई विष खुवाएर हत्या गरेको खुलेको छ ।

छत्रेश्वरी गाउँपालिका– ४, सुगरपोखरीकी १९ वर्षिया युमुना केसी भनिने एलिशा खत्रीले ४ वर्षका आफ्नै छोरालाई घरमै विष खुवाएर हत्या गरेको खुलेको हो ।

परपुरुषसँग सम्बन्ध राखेकी केसीले पुस २८ मा छोरा समीरलाई ‘सल्फास’ नामको विषादि खुवाएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

परपुरुषसँग सम्बन्ध रहेको र उसलाई आफू अविवाहित हुँ भनी ढाँटेकै अवस्थामा ती युवकसँग बिहे गर्ने योजना रहेकाले बच्चाको हत्या गरेको उनले स्वीकार गरेको सल्यानका प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीले बताएको खबर बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर