newskoseli.Com

साढे ३३ किलो सुन काण्ड : ८ जनालाई थुनामै राख्न उच्च अदालतको आदेश

चर्चित साढे ३३ किलो सुन तस्करी एवं उर्लाबारी, मोरङका सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेका भनिएका भुजुङ गुरुङसहित ८ जनालाई थुनामै राख्न उच्च अदालत विराटनगरले आदेश दिएको छ ।

उच्च अदालत विराटनगरले उच्च अदालत मोरङको आदेशलाई सदर गर्दै थुनामा रहेकाहरुलाई थुनामै राख्ने आदेश दिएको हो ।

थुनामा रहेका ८ जनाले रिहाइको माग गर्दै उच्च अदालतमा पुनरावेदन गरेका थिए । उच्च अदालतले बिहीबार भुजुङ गुरुङ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ, राजु महर्जन, कपिलराज पुरी, फुल्टुङ भनिने लक्षुबहादुर गुरुङ, बेनु श्रेष्ठ र डाक्टर डेभिट भनिने छिरिङ वाड्ला घलेलाई थुनामै राख्ने जिल्ला अदालतले आदेश सदर गरेको उच्च अदालत विराटनगरका रजिस्ट्रार नारायण रेग्मीले बताएको खबर शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर