newskoseli.Com

‘कालो सूची’ मा मलेसिया र खाडीका ६७ रोजगारदाता कम्पनी

रोजगारका क्रममा पुगेका श्रकिमलाई समस्यामा पार्ने खाडी मुलुक र मलेसियाका ६७ रोजगारदाता कम्पनीलाई सरकारले ‘कालो सूची’ मा राखेको छ ।

कालोसूचीमा राखिएका ती रोजगारदातासमक्ष श्रमिक नपठाउन वैदेशिक रोजगार विभागले म्यानपावरलाई आग्रह समेत गरेको छ । कालो सूचीमा परेका रोजगारदातालाई कालो सूचीबाट हटाउने निर्णय नभएसम्म श्रमिक आपूर्ति गर्न नपाइने विभागका महानिर्देशक दिलीप चापागाईंले बताए ।

कालो सूचीमा पर्नेमा सबभन्दा बढी मलेसियाका रोजगारदाता छन् । विभागले मलेसियाका ५२, संयुक्त अरब इमिरेट्सका ६, साउदी अरेबियाका ५ र कतारका ४ रोजगारदाता कम्पनीलाई कालो सूचीमा राख्ने निर्णय गरेको छ ।

कालो सूचीमा परेका रोजगारदाताले श्रकिमलाई सम्झौता अनुसार सेवा–सुविधा नदिई समस्यामा पारेको तथ्य फेला परेको विभागले जनाएको खबर रूद्र खड्काको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर