newskoseli.Com

शक्तिशाली ‘एम्बुस’ विष्फोट : १२ सैनिक ठहरै

भारत प्रशासित काश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी बिहीबार गरिएको ‘एम्बुस’ आक्रमणमा परी कम्तिमा १२ जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ ।

काश्मिरको प्रमुख सहरबाट करिव २० किलोमिटर टाढा राजमार्गमा गुडिरहेका सैनिक गाडीहरूको समूहलाई लक्षित गरी थापिएको विद्युतीय धरापमा परी १२ सुरक्षाकर्मीको मृत्यु भएको विशेष प्रहरी अधिकारी मुनिर अहमद खानले बताए ।

उक्त आक्रमणबाट १८ जना सुरक्षाकर्मीको मृत्यु भएको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ । आक्रमणमा परी केही सुरक्षाकर्मी घाइते भएका छन् र उनीहरूलाई घटनास्थलबाट उपचारका लागि तत्काल अस्पताल पठाइएको छ ।

स्थानीय सञ्चार माध्यमहरूले जनाए अनुसार पाकिस्तानमा सक्रिय जैस–ए–मोहम्मद इस्लामिक समूहले घटनाको जिम्मेवारी लिएको छ । समूहका प्रवक्ताले घटनाको पुष्टि गर्दै स्थानीय सञ्चार माध्यमलाई पठाइएको प्रेस विज्ञप्तिमा ‘भारतीय सैनिकलाई लक्षित गरी भएको आत्मघाती आक्रमणमा आफ्नो वाकास कमान्डो भनिने आदिल अहमदले गराएको र उनी जैस–ए–मोहम्मद इस्लामिक समूहका लडाकु रहेको’ उल्लेख छ ।

भारतीय सुरक्षाकर्मीमाथि विगत दुई वर्षमा भएको यो सबैभन्दा ठूलो आक्रमण हो । भारतको काश्मिरमा करिव पाँच लाख सैनिक कार्यरत छन् भने सन् १९४७ मा भारतबाट बेलायत फर्केपछि पाकिस्तान र भारतबीच सीमा विवादका कारण उक्त स्थान प्रायः अशान्त रहँदै आएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर