newskoseli.Com

काठमाडौंमै यस्तो ठाउँ : ५ वर्षदेखि उठेन त्यहाँको फोहोर !

काठमाडौं महानगरपालिका– ६ स्थित बौद्ध, परिवर्तनमार्गमा पाँच वर्षदेखि थुपारिएको फोहोर अझै उठ्न सकेको छैन ।

उक्त मार्गको करिव ४ रोपनी क्षेत्रफलको खालि जग्गामा लामो समयदेखि फोहोर थुप्रिँदा त्यहाँबाट हिँडडुल गर्ने सर्वसाधारण र आसपासका वासिन्दालाई गम्भीर असर परिरहेको छ । लगातार पाँच वर्षदेखि फोहोर थुप्रिइरहे पनि सरोकारवालाले चासो नदिँदा त्यहाँको अवस्था विकराल बनेको हो ।

आफूहरु फोहोरको दुर्गन्धमा रुमलिएर बस्न बाध्य भएको परिवर्तनमार्गमा बस्दै आएका राजकुमार लामाले बताए । ‘म बस्दै आएको करिव पाँच वर्ष भयो,’ उनले भने– ‘यो जग्गामा फालिएको फोहोर अहिलेसम्म उठ्न सकेको छैन, फोहोरको दुर्थन्धले बस्न सकिरहेका छैनौं तर सरोकारवाला निकायले यसलाइ बेवास्ता गरिरहेको छ ।’

२०७१ असारमा उक्त मार्गको बौद्ध विकास समितिद्वारा पुनर्निर्माण गरिएको भनी सोही मार्गमा राखिएको बोर्डमा उल्लेख छ । उक्त मार्ग हुँदै बौद्ध स्तुप र जोरपाटी चोक जान सकिन्छ । त्यहाँको विडम्बनासम्बन्धी यो श्याम राईको बाइलाइनमा खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर