newskoseli.Com

चिनिया सर्वोच्च अदालतको आदेशमा मेलम्ची खानेपानी आयोजनालाई डेढ अर्ब

काठमाडौं, ४ फागुन । सुरुङ निर्माणको ठेक्का बीचैमा छाडेर हिँडेको चिनियाँ कम्पनीबाट बैंक धरौटी बापतको १ अर्ब ५१ करोड रुपैयाँ मेलम्ची खानेपानी विकास समितिले पाउने भएको छ ।

चाइना रेल–वे ग्रुप अफ कम्पनीले सन् २००९ मा सुरुङ निर्माण ठेक्का लिँदा हिमालय बैंक र बैंक अफ काठमाडौंमा १ अर्ब ५१ करोड रुपैयाँ धरौटी राखेको थियो । कम्पनीका तर्फबाट चाइना कन्स्ट्रक्सन बैंक ‘काउन्टर ग्यारेन्टी’ बसेको थियो । चाइना कन्स्ट्रक्सनको ग्यारेन्टी पत्रका आधारमा दुई नेपाली बैंक सहायक ग्यारेन्टी बसेका हुन् ।

चिनिया सर्वोच्च अदालतले बुधबार चाइना कन्स्ट्रक्सन बैंकलाई काउन्टर ग्यारेन्टीको रकम नेपाली बैंकलाई तिर्न आदेश दिएको मेलम्ची आयोजनाका एक अधिकारीले जानकारी दिए । त्यही आदेशका कारण धरौटीबापत डेढ अर्ब रुपैयाँभन्दा बढी रकम पाउने बाटो खुलेको उनले बताएको खबर शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर