गएको शनिबार दिउँसो २ बजेतिर फेसबुक चलाउन खोजें, चलेन । फेरि लगइन गर्न खोज्छु, चल्दैन । जति गर्दा पनि चल्दैन । मैले नेटमा केही समस्या भयो कि भनेर खासै ध्यान दिइनँ । अफिसमा जान हतार थियो । निस्किएँ । अफिसमा पनि फेकबुक चलेन ।’
त्यसमा रहेको ‘नोटिस आइकन’ बल्ल पढें । मेरो होस झन्डै गायब भयो । त्यसमा लेखिएको थियो ‘दिस एकाउन्ट इज इन अ इस्पेसल मेमोरिलाइज्ड स्टेट ।’ अर्थात्, ‘यो एकाउन्ट विशेष रुपमा स्मरणीय छ ।’
अनि, फेसबुकको हेल्प सेन्टरमा गएर यसको खास अर्थ खोजें । त्यहाँ प्रस्टै लेखिएको थियो– ‘मेमोराइज्ड अकाउन्ट कुनै पनि दिवंगत व्यक्तिलाई फेसबुकमा सम्झने र शोक व्यक्त गर्ने तरिका हो ।’ अब, भन्नुहोस्, मेरो अवस्था के भयो होला ? नरेन्द्र साउदको बाइलाइनमा सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।