नेपाल वायुसेवा निगमका दुई वाइडबडी प्रकरणमा अख्तियारले विस्तृत अनुसन्धन थालेको छ ।
वाइडबडी प्रकरणमा मुछिएकाहरुसँग बयान लिन थालिएको अख्तियार प्रमुख नवीनकुमार घिमिरेले बताएका छन् । ‘वाइडबडी विषयमा अख्तियरले विस्तृत अनुसन्धान थालेको छ,’ राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले भने– ‘बयान लिने कार्य भइरहेको छ । अनुसन्धानका क्रममा रहेकाले यो विषयमा थप बोल्न चाहन्नँ ।’
वाइडबडी खरिदमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याइएको उनले सुनाए । यसबारे संसदको सार्वजनिक लेखा समितिले उपसमिति गठन गरी छानबिन गरेको थियो । उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालेको अबर सुरेन्द्र काफ्लेको बाइलाइनमा सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।