newskoseli.Com

मलेसियामा १ लाख २५ हजार ‘अवैध’ नेपाली कामदार !

केही समय अघिसम्म नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने मुलुक मलेसियामा १ लाख २५ हजारभन्दा बढी नेपाली कामदार ‘अवैध’ रुपमा बसोवास गर्दै आएका छन् ।

पहिलो कम्पनी छाडेर अन्यत्र जाँदा हुने ‘वैधानिक’ संकटका बारेमा जानकारी नहुँदा धेरैजसो नेपाली कामदार ‘अवैध’ हुने गरेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । म्यानपावर कम्पनीमार्फत सम्झौता भए अनुरुपको तलब काम गर्ने कम्पनीले नदिएको, तोकिएभन्दा बढी र अप्ठ्यारो काम लगाएको लगायतका कारणबाट कामदारले कम्पनी परिवर्तन गर्ने गरेका छन् ।

तर, त्यसरी कम्पनी परिवर्तन गर्दा हुने कानुनी संकटका बारेमा धेरै कामदार अनभिज्ञ रहेको राजदूतावासका प्रथम सचिव विनोद मुखियाले बताएको खबर श्याम खतिवडाको बाइलाइनमा बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर