newskoseli.Com

खुल्यो कोरिया : शुक्रबारदेखि आवेदन, वैशाख ४ देखि परीक्षा

दक्षिण कोरियामा कम्तिमा तीन वर्ष वैधानिक रुपमा काम गरेर फकिएपछि पुनः कोरिया जान चाहने युवाका लागि शुक्रबारदेखि आवेदन खुलेको छ ।

(सीबीटी) को माध्यमबाट हुने परीक्षाका लागि आवेदन खुलेको हो । यसअनुरुप आवेदन दिन चाहनेले १७,१८ र १९ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिन चाहनेहरु काठमाडौंमा रहेको ईपीएस कार्यालयमै आउनुपर्ने वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले जनाएको छ ।

शाखाका अनुसार चैत ११ मा परीक्षा तालिका सार्वजनिक गरिनेछ । सीबीटीमा आधारित परीक्षामा सहभागी हुने व्यक्तिको नामावली नै कोरियाको मानव संशाधन विकास (एचआरडी) ले पठाउने जानकारी पनि ईपीएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले दिए ।

कोरियामा वैधानिक भएर काम गरेका, फौजदारी अभियोगमा जेल नपरेका, नेपालबाट विदेश जान रोक नलगाइएका व्यक्तिहरू यस कम्प्युटर परीक्षाका लागि योग्य हुन्छन् । यसमा सामेल हुन कोरियाबाट फर्किंदा ‘एलाइन्स रजिस्ट्रेसन कार्ड’ कोरियाको अध्यागमनमा बुझाएको हुनुपर्ने पनि सो शाखाले जनाएको छ ।

शाखाका अनुसार सन् २०१० जनवरीदेखि वैधानिक भएर कोरियाबाट फर्किएका श्रमिक कम्प्युटर भाषा परीक्षामा सहभागी हुन पाउने छन् । यस वर्षदेखि कार्यक्षमता र फर्किएका श्रमिकको अवधि हेरेर अङ्क पाउने प्रणाली पनि लागू गरिने सो शाखाका सूचना अधिकारी भण्डारीले जानकारी दिए । उनका अनुसार तीन वर्ष काम गरी कोरियाबाट फर्केका र ३९ वर्ष ननाघेका व्यक्ति मात्र सहभागी हुन पाउनेछन् ।

प्रत्येक दिन २८–२८ जनाका ४ सिफ्ट गरेर १ सय १२ जनाको परीक्षा सञ्चालन हुने भएको छ । यस परीक्षामा उत्तीर्ण हुने सबै कोरिया जान पाउनेछन् । सन् २०१८ मा ३ हजार जनाले परीक्षा दिएका थिए । यो परीक्षा उत्तीर्ण गर्ने अधिकांश व्यक्ति कोरिया जान्छन् ।

शाखाका अनुसार सन् २०१२ देखि सुरु सीबीटीमा आधारित परीक्षा उत्तीर्ण गरेर अहिलेसम्म ६ हजार नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया पुगिसकेको खबर सीता शर्माको बाइलाइनमा शुक्रबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर